रमेश खत्री प्रथम ह्विलचेयर रेसमा

images
  • 111
    SHARES
  • जेठ २१, २०७९ शनिबार
    रमेश खत्री प्रथम ह्विलचेयर रेसमा
    images

    काठमाडौँ 

    ‘जलवायु परिवर्तन’ नाराका साथ कान्तिपुर हाफ म्याराथनको दसौं संस्करण अन्तर्गत ३ किलोमिटरको ह्विलचियर रेसमा रमेश खत्री प्रथम भएका छन् । खत्रीले १२ मिनेट ३२ सेकेन्डमा निर्धारित दूरी पार गरेका हुन् ।

    thumb (4).jpg

    यस्तै प्रेमबहादुर विक द्वितीय भए भने धनबहादुर थिङले तृतीय स्थान प्राप्त गर्न सफल भए । विकले १४ मिनेट ८ सेकेन्ड र थिङले १४ मिनेट १५ सेकेन्डमा निर्धारित दुरी पार गरे । ह्विलचेयर रेसकै महिलातर्फ भने यामी झाक्री मगर पहिलो र रजनी राई दोस्रो भएकी छन् ।

    शारीरिक रूपमा फरक क्षमता भएकाहरूका लागि ह्विलचियर दौड निकै रोचक हुने गर्छ । यो रेसमा पहिलो, दोस्रो र तेस्रो हुनेले ३० हजार, २० हजार र १० हजार प्राप्त गरेका छन् ।

    दौडको सुरुआती र अन्तिम बिन्दु कान्तिपुर पब्लिकेशन्सको केन्द्रीय कार्यालय थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्क थियो । ह्विलचियर रेस थापाथलीबाट सुरु भएर माइतीघर मण्डला, बिजुलीबजारबाट घुमेर पुन: थापाथलीमै आएर सकिएको थियो ।

    म्याराथनमा सहभागी हुने सबैलाई एक–एक वटा बिरुवा प्रदान गरिएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend