पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित चितवनमा

images
  • 214
    SHARES
  • माघ २८, २०८० आइतबार
    पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित चितवनमा
    images

    चितवन

    पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित चितवनमा आएका छन् । पूर्व राजा शाह ११ दिन बस्ने गरी पूर्वरानी कोमल लक्ष्मी शाह लगायत परिवारका सदस्यसहित चितवन आएका हुन् ।

    चितवनको विभिन्न स्थान घुम्ने गरी पूर्व राजपरिवार चितवन आएको हो । पूर्व राजा शाहलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो ।

    पूर्व राजालाई विमानस्थल बाहिर निकाल्न सुरक्षाकर्मीलाई हम्मे हम्मे परेको थियो । पूर्व राजा शाह आफैले गाडी चलाएर विमानस्थलबाट बाहिरीएका हुन् । उनी आज पटिहानीको होटल सोस्टीमा बस्ने बताइएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend