मेयर बालेन शाह : साइकल लेन हचुवामा बनाउनु हुन्न

images
  • 94
    SHARES
  • जेठ २१, २०७९ शनिबार
    मेयर बालेन शाह : साइकल लेन हचुवामा बनाउनु हुन्न
    images

    काठमाडौं 

     काठमाडौं महानगरपालिका मेयर बालेन शाहले अध्ययनबिना साइकल लेन बनाउन नसकिने जनाएका छन ।

    balen1653895912_20220530133901.jpg

     

    साइकल दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै मेयर साहले काठमाडौंमा साइकल लेन सञ्चालन गर्नुअघि अध्ययन अनिवार्य भएको बताएका हुन् ।

    ‘जुन बाटोमा साइकल गुड्छ, त्यही बाटोमा गाडी हिँड्छ । मानिस दुर्घटनामा पर्ने सम्भावना हुन्छ’, मेयर शाहले दरवारमार्गमा आयोजित एक कार्यक्रममा भने, ‘बाहिरतिर साइकल लेन छुट्टै हुन्छ,  फुटपाथ जस्तै वार लगाएको हुन्छ अनि सुरक्षित महशुस हुन्छ । गाडीहरुको  स्पिड बढी हुने भएकाले दुर्घटनाको सम्भावना बढी हुन्छ ।  सुरक्षा पहिलो मुद्दा हुनुपर्छ ।’

    उनका अनुसार हचुवाको भरमा साइकल लेन बनाउने भन्दापनि व्यवस्थित तरिकाले लेन निमार्ण गरिनुपर्छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend