काठमाडौं,फागुन १
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई नेतृत्वमा बसिरहने रहर नभएको बताएका छन् । ०४६ सालमा नेकपा मसालको नेतृत्व सुरु गरेर अहिलेसम्म नेतृत्वमै रहेका अध्यक्ष प्रचण्डले मंगलबार ‘जनयुद्ध दिवस’को कार्यक्रममा आफूलाई नेतृत्वमा बसिरहने लोभ नभएको बताए ।
उनले युद्धका क्रममा साना–साना विषयमा ध्यान पुगेकाले नै आजको दिनसम्म आइपुगेको बताए । “कतिपय ठाउँमा सानो कमजोरी गरेर ठूलो क्षति पनि बेहोर्यौं । उत्पीडत वर्गलाई पहिचान र आत्मसम्मान गर्ने अफ्ठ्याराका बाबजुद झाँगिदै पुग्यौं,” उनले भने, “लिडरसीपले राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीति परिवेशअनुसार निर्णय गर्न नसकेको भए जनयुद्ध परास्त हुने खतरा थियो ।”
उनले सबैको आशाको केन्द्र बनेको माओवादीको वर्तमान अवस्था त्यस्तै रहन नसकेको स्वीकार गरे ।



