आज एकै दिन सुनको भाउ १२ सय रुपैयाँले घट्यो

images
  • 84
    SHARES
  • फाल्गुण २, २०८० बुधबार
    आज एकै दिन सुनको भाउ १२ सय रुपैयाँले घट्यो
    images

    काठमाडौँ, फागुन २-

    आज एकै दिन सुनको भाउ तोलामा १२ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार दुई दिनमै सुनको मूल्य तोलामा १५ सय घटेको छ ।

     
    सोमबार तोलामा १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको सुन मंगलबार ३ सय घटेर १ लाख १७ हजार ७ सय रुपैयाँमा झरेको थियो । आज बुधबार फेरि १२ सय रुपैयाँ घटेर १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
    चाँदीको मूल्य पनि आज तोलाको ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १३९५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १३६५ रुपैयाँ कायम भएको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend