राप्रपाले फागुन ९ गते देशभर प्रदर्शन गर्दै प्रधानमन्त्रीलाई मागपत्र बुझाउने

images
  • 390
    SHARES
  • फाल्गुण २, २०८० बुधबार
    राप्रपाले फागुन ९ गते देशभर प्रदर्शन गर्दै प्रधानमन्त्रीलाई मागपत्र बुझाउने
    images

    काठमाडौँ । 

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले फागुन ९ गते सरकारलाई मागपत्र बुझाउने भएको छ । 

    आज पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाहसहित जनजीविकाका माग राखेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मागपत्र बुझाउने निर्णय गरेको हो ।

    बैठकले फागुन ९ गते काठमाडौँमा प्रदर्शनसमेत गर्ने छ । सोही दिन देशका ७४ जिल्लामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई मागपत्र पेस गर्ने कार्यक्रम तय गरिएको राप्रपाले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend