छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको ज्यान गयो

images
  • 312
    SHARES
  • फाल्गुण ४, २०८० शुक्रबार
    छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको ज्यान गयो
    images

    काठमाण्डाै -

    सिन्धुलीको दुधौली नगरपालिका वडा नं ९ आँपडाँडामा आज बिहान दुई वटा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा वडा नं १० बस्ने बेचु कुमरको ज्यान गएको छ ।

    दुर्घटनामा अर्को मोटरसाइकलमा रहेका  स्थानीय हरि राउत घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो । घाइते राउतको दुधौलीमा रहेको प्रयाग अस्पतालमा उपचार भइरहेको छ ।

    यसैबीच, बझाङको तलकोटबाट चैनपुर आइरहेको जीप तल्कोट गाउँपालिकाको साइलाबगड नजिक दुर्घटना हुँदा तलकोट–१ की सुस्मिता कठायतको ज्यान गएको छ ।

    दुर्घटनामा घाइते भएका तलकोट–३ का जीप चालक राजेशकुमार कडाल र मष्टा गाउँपालिका–५ का सह–चालक कमल कठायतको जिल्ला अस्पताल चैनपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    यस्तै, तनहुँको शुक्लागण्डकी नगरपालिका–१० छाब्दी देउरालीमा हिजो बेलुका ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा रहेका शुक्लागण्डकी–१ थप्रेककी पीपलकौरी गुरुङको ज्यान गएको छ।

    ट्र्याक्टर चालक र मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरेको  जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताउनुभयो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend