एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा नेपाली महिला टोली मलेसियासँग पराजित

images
  • 93
    SHARES
  • फाल्गुण ४, २०८० शुक्रबार
    एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा नेपाली महिला टोली मलेसियासँग पराजित
    images

    काठमाण्डाै –

    एसीसी महिला प्रिमियर कपको सेमिफाइनल खेलमा नेपाल मलेसियासँग ४ पराजित भएको छ । मलेसियासँग पराजित भएसँगै नेपाल एसिया कप क्रिकेटमा छनोट हुन असफल भएको छ ।

    नेपालले दिएको १ सय १६ रनको लक्ष्य मलेसियाले ६ विकेट गुमाएर अन्तिम बलमा भेटायो । मलेसियाकी इस्ला हन्टरले नट आउट ६९ रन बनाइन् । नेपालकी सीता राना मगर र कविता जोशीले समान २ विकेट लिइन् ।

    यसअघि मलेसियाको बायोमास ओभलमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय १६ रन बनायो । नेपालकी कप्तान इन्दु वर्माले २९, डोली भट्टले २५, कविता कुँवरले २३, रुबिना क्षेत्रीले २० रन बनाइन् । मलेसियाकी महिराह इजारी इस्मेलले २ विकेट लिए ।

    अब मलेसियाले एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा पर्सि आइतवार यूएईसँग खेल्नेछ । आजै भएको अर्काे सेमिफाइनलमा थाइल्यान्डलाई ४ रनले हराउँदै यूएई एसिया कप क्रिकेटमा छनोट भएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend