मोरङमा बोक्सीको आरोपमा महिलामाथि दुर्व्यवहार, एकजना पक्राउ

images
  • 107
    SHARES
  • फाल्गुण ४, २०८० शुक्रबार
    मोरङमा बोक्सीको आरोपमा महिलामाथि दुर्व्यवहार, एकजना पक्राउ
    images

    मोरङ 

    मोरङको बूढीगंगा गाउँपालिका–७ मा एक महिलामाथि बोक्सीको आरोपमा दुर्व्यहार गरिएको छ । 

    बोक्सीको आरोपमा छिमेकी ५५ वर्षीय महिलालाई मलमूत्र खुवाएको आरोपमा बूढीगंगा–७ की ५० वर्षीया पारो माझी पक्राउ परेकी छिन् ।

    बिहीबार दिउँसो भएको सो घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकी माझी गाउँकी धामी हुन् ।

    उजुरी परेपछि उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

    माझीको घरमा लगाइएको अष्टम पूजामा प्रयोग गरिएको दियो हराएपछि चोरको आरोप लगाउँदै पीडितमाथि द्र्व्यवहार भएको थियो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend