पर्वत, फागुन ४
जिल्लाको मोदी गाउँपालिका–१ सेराबेंसीदेखि मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ जोड्ने केबलकार निर्माण प्रक्रिया अघि बढेको छ ।
केबलकार कम्तीमा पनि दैनिक १० हजार जना आवतजावत गर्ने क्षमताको रहेको र त्यसमा मुक्तिनाथको यात्रा गराउने कम्पनीले पर्वतको गुप्तेश्वर तथा अल्पेश्वर गुफा, बागलुङको कालिका मन्दिर, पञ्चकोट, म्याग्दीको गलेश्वर मन्दिरमा प्याकेज बनाएर पु¥याउने व्यवस्था हुने भएका कारण पनि यस क्षेत्रले प्रचुर फाइदा लिनसक्ने सुवेदीको भनाइ छ ।
अध्यक्ष सुवेदीले लगानीको स्रोत सुनिश्चित भइसके पनि सरकारी प्रक्रियाको ढिलाइले निर्माणको काम पछि धकेलिएको बताउनुभयो । २० प्रतिशत स्वदेशी र ८० प्रतिशत भारतको के एण्ड आर इञ्जिनियरिङ लिमिटेडले केबलकार निर्माणका साथै लगानीसमेत गर्नेगरी सुनिश्चित भए पनि नेपालका कानुनी प्रक्रियाले प्रक्रिया पूरा गर्न काम गरिरहेको उहाँले बताउनुभयो ।
सुवेदीका अनुसार विश्वकै लामो मुक्तिनाथ केबलकार इञ्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट र लगानी ९इपिसिएफ० मोडलमा केबलकार बनाउन लागिएको हो । “इञ्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट र लगानी ९इपिसिएफ० मोडलमा केबलकार बनाउने प्रारम्भिक सम्झौता गरिसकेका छौँ”, उहाँले भन्नुभयो, “लागत अनुमानको लगानी सुनिश्चित भइसकेको छ ।”
उहाँले इपिसिएफ मोडेलबाट बन्न लागेको केबलकार नेपालकै पहिलो ठूलो परियोजना भएको जनाउँदै ८० किलोमिटर लामो केबलकार बनाउन रु ५५ अर्ब लागत अनुमान गरिएको बताउनुभयो । समझदारीअनुसार कूल लागतको ८० प्रतिशत अर्थात् रु ४४ अर्ब के एण्ड आर इञ्जिनियरिङ भारतले लगानी गर्नेछ ।
आयोजनाको वातावरणीय मूल्याङ्कन प्रतिवदेन पास हुन र सरकारसँग आयोजना विकास सम्झौता गर्न भने अझै बाँकी रहेको छ । चार धाममध्ये दर्शनका लागि मुक्तिनाथ पुग्नैपर्ने धार्मिक मान्यताअनुसार मुक्तिनाथ जाने धार्मिक पर्यटकको उपस्थिति बढ्ने उहाँको भनाइ छ । रासस



