भारत, फागुन ४
भारतको राजधानी नयाँ दिल्लीको अलिपुरमा रहेको एक रासायनिक गोदाममा आगलागी हुँदा सात जनाको ज्यान गएको छ । हिजो बेलुका गोदाममा लागेको आगोले नजिकैका पसल र घर जलेर नष्ट भएको बीबीसी हिन्दीले जनाएको छ । हिजै २२ वटा दमकलको सहयोगमा झण्डै तीन घण्टाको प्रयासपछि आगो निभाइएको खबरमा उल्लेख छ ।
आगलागीको कारण अझै थाहा हुन सकेको छैन ।



