नेपाल र नेदरल्याण्ड बिचको खेलमा नेदरल्यान्ड् १ सय ३७ रनमै अल आउट

images
  • 140
    SHARES
  • फाल्गुण ५, २०८० शनिबार
    नेपाल र नेदरल्याण्ड बिचको खेलमा  नेदरल्यान्ड् १ सय ३७ रनमै अल आउट
    images

     काठमाण्डाै – आईसीसी क्रिकेट विश्वकप लिग–२ काे दाेस्राे खेलमा नेपालले नेदरल्यान्ड्सलाई १ सय ३७ रनमै अल आउट गरेकाे छ ।

    कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे नेदरल्यान्ड्सले ३९ ओभरमा सबै विकेट गुमाएर १ सय ३७ रन बनायाे । नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले सबैभन्दा धेरै ३३ रन बनाए । यस्तै बास दी लिडेले २७, सायब्रान्ड एङ्गलब्रेचले २३ रन बनाए । नेपालका कुशल भुर्तेलले ४, ललित राजवंशीले २ तथा साेमपाल कामी र कप्तान राेहित पाैडेलले समान १ विकेट लिए ।

    अस्ति बिहीवारदेखि शुरु भएको लिगको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । खराब ब्याटिङका कारण नामिबियासँग नेपाल १ सय ३२ रनमा नै अलआउट भएको थियो ।

    आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गत २०२४ देखि २०२७ सम्मको शृङ्खलामा लिग–२ का शीर्ष ४ वटा टोलीले सिधै विश्व कप छनोट खेल्न पाउनेछन् । पुछारका ४ वटा टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend