दाङमा सिकार खेल्न गएका एक जनाको ज्यान गयाे

images
  • 77
    SHARES
  • फाल्गुण ५, २०८० शनिबार
    दाङमा सिकार खेल्न गएका एक जनाको ज्यान गयाे
    images

    दाङ - दाङमा सिकार खेल्न गएका एक जनाको ज्यान गएको छ । बन्दुकले लागेर बबई गाउँपालिका–४ घर भएका विमल भनिने २४ वर्षका तेजलाल खत्रीको गएराति ज्यान गएको इलाका प्रहरी कार्यालय खितलपुर दाङले जनाएको छ ।

    सिकार खेल्न खत्रीसहित ११/१२ जनाको समूह शान्तिनगर गाउँपालिका–१ को वनमा जाने क्रममा मल्ले छहरे खोलामा घटना भएको प्रहरीको भनाइ छ ।

    घटनापछि समूहमा रहेकाहरुको खोजी भइरहेको प्रहरी निरीक्षक अजयजङ थापाले जानकारी दिनुभयो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend