नेदरल्यान्ड्सविरुद्ध नेपालको ९ विकेटको सहज जित

images
  • 124
    SHARES
  • फाल्गुण ५, २०८० शनिबार
    नेदरल्यान्ड्सविरुद्ध नेपालको  ९ विकेटको सहज जित
    images

    काठमाडौँ, फागुन ५-

    आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तरगत त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालको सहज जित निकालेको छ । नेदरल्यान्ड्सविरुद्ध आक्रामक सुरुवात नेपालले आज १५ ओभरमा १ विकेट गुमाउदै १३८ रनको लक्ष्य पुरा गरेको हो । जस्मा नेपालले ९ विकेटको सहज जित हात पारेको छ ।

    आसिफ शेख ५४ रन बनाएर खेलिरहेका थिए भने अनिल साहले ५७ रन बनाएका हुन् । त्यस्तै यसअघि कुशल भुर्तेल २८ रन बनाएर भिभियिन किंग्माको बलमा क्याच आउट भएका थिए । उनले मात्र ११ बलमा २ चौका र ३ छक्का हिर्काए ।

    यसअघि नेपालले राम्रो बलिङ प्रदर्शन गर्दै नेपालले नेदरल्यान्ड्सलाई १ सय ३७ रनमा सीमित गर्न सफल भएको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend