चितवनमा टेलिकमको फाइबर इन्टरनेटप्रति आकर्षण बढ्यो

images
  • 154
    SHARES
  • फाल्गुण ५, २०८० शनिबार
    चितवनमा टेलिकमको फाइबर इन्टरनेटप्रति आकर्षण बढ्यो
    images

    भरतपुर 

    चितवनमा नेपाल टेलिकमको फाइबर इन्टरनेटप्रति आकर्षण बढेको छ । नेपाल टेलिकमको २०औँ वार्षिकोत्सवको अवसरमा कम्पनीले ल्याएको विभिन्न अफरहरुको कारणले चितवनमा टेलिकमको फाइबर इन्टरनेटमा आकर्षण बढेको हो ।

    वार्षिकोत्सवको अववसरमा माघ २२ गतेदेखि लागु हुनेगरी कम्पनीले विभिन्न आकर्षक प्याकेजहरु ल्याएको छ । जसमा ग्राहकमाझ वार्षिक १४ हजार ९९९ रुपैयाँमा चार सुविधाहरु १०० एमबीपीएस क्षमताको इन्टरनेट, एक आईपीटिभी, वार्षिक तीन हजार मिनेटको फोन सुविधा र ग्राहकले रोजेको एक मोबाइलमा वार्षिक २८५ जीबी डाटा सुविधा लोकप्रिय भएको छ ।

    यसै अवसरमा कम्पनीले ५० एमबी, ७५ एमबी, १०० एमबी, १५० एमबी र २०० एमबी क्षमताका फाइबर इन्टरनेटहरुमा भारी सहुलियत प्रदान गरी तीन सुविधाहरु वार्षिक इन्टरनेट, तीन हजार मिनेट फोन र मोबाइलमा प्रतिदिन ३०० एमबी देखि ५०० एमबी डाटा सुविधा सहित ५० एमबीको वार्षिक आठ हजार ४९९ रुपैयाँ, ७५ एमबीको वार्षिक १० हजार ४९९ रुपैयाँ, १०० एमबीको वार्षिक ११ हजार ४९९ रुपैयाँ रहेको छ ।

    १५० एमबीको वार्षिक १२ हजार ९९९ र २०० एमबीको वार्षिक १६ हजार ४९९ रुपैयाँका दरले मूल्य कायम गरिएको छ । त्यसैगरी विगतमा कम्पनीले वार्षिक १२ हजार रुपैयाँमा प्रदान गर्दै आएको ५० एमबी इन्टरनेट, तीन हजार मिनेट निःशुल्क फोन, एक आइपीटिभी र प्रतिदिन ३०० एमबी मोबाइलमा डाटालाई नविरण गर्दा जम्मा १० हजार ९९९ रुपैयाँ कायम गरिएको छ ।

    कम्पनीले ग्राहक आकर्षणका लागि नयाँ फाईबर इन्टरनेट जडान गर्ने ग्राहकलाई ९० रुपैयाँको सिमकार्ड निःशुल्क रुपमा फागून १२ गते सम्म उपलब्ध गराउने छ ।

    नेपाल टेलिकम एक सरकारी कम्पनी हुनुको साथै एक सतक भन्दा बढी लामो समयसम्म नेपाली जनतामाझ लोकप्रिय बन्न सफल, बिश्वासिलो र भरपर्दो कम्पनी हो । विश्वव्यापीकरण र परिवर्तित संसारसंग आफुलाई प्रवाहित गर्न सफल र सक्षम यस कम्पनीले देशका अधिकांश जिल्लामा आफुलाई प्रतिस्पर्धी र सवल बनाई राख्न फाईबर इन्टरेट जडान तथा मर्मतका लागि बिहान ७ बजे देखि बेलुका ७ बजे सम्म हाल सेवा दिईरहेको छ । ग्राहकहरुलाई घरमै बसेर सेवा प्रदान गर्न सकियोस भन्ने अभिप्रायले ग्राहकले सोझै १९८ मा फोन गरी फाईबर इन्टरनेट जडान गर्ने र मर्मत गर्ने ब्यवस्था मिलाएको छ ।

    दुरसञ्चार कार्यालय भरतपुरका कार्यालय प्रमुख लवकुमार दत्तका अनुसार प्राइमरी नेटवर्क अर्थात कम्पनीको मुख्य सिस्टमदेखि फाइबर डिस्ट्रिब्युसन क्याविनेट (एफडिसी) सम्मको नेटवर्क पूर्णत अन्डरग्राउन्ड अर्थात जमिन मुनि हुन्छ । त्यसपछि ग्राहकको घरसम्म फाइबर पु¥याउनका लागि मात्र एरियल नेटवर्कको प्रयोग गरिन्छ । यसरी अन्डरग्राउन्ड गरिएका नेटवर्क तुलनात्मक रुपमा थप सुरक्षित र गुणस्तरीय समेत हुनुका साथै केबल जमिनमुनि रहने हुनाले काटिएर क्षति हुने सम्भावना कम रहन्छ ।

    भरपर्दो मानिएको अन्डरग्राउन्ड नेटवर्कमार्फत सेवाग्राहीलाई इन्टरनेट सुविधा उपलब्ध गराउने नेपाल टेलिकम मुलुकको एक मात्र कम्पनी हो । वाइफाईको बढ्दो प्रयोगका कारण २.४ गिगाहर्जको फ्रिक्वेन्सीमा निकै धेरै सिग्नलहरु रहने हुनाले २.४ गिगाहर्जमा धेरै अवरोधको कारण वाईफाई भरपर्दो नहुने र सोको तुलनामा ५ गिगाहर्जको फ्रिक्वेन्सीमा वाईफाई भरपर्दो र गुणस्तरयुक्त हुने गरेको छ, जुन सेवा टेलिकमले हाल प्रदान गरि रहेको छ । ड्युअल ब्यान्डमार्फत सेवा उपलब्ध गराउँदा सेवाको निरन्तरता सुनिश्चित हुनुका साथै सेवामा अवरोध आउने सम्भावना पनि कम हुन्छ । यसबाट सेवाको गुणस्तर समेत सुधार भएको छ ।

    नेपाल टेलिकमको फाईबर इन्टरनेट ग्राहकमैत्री पनि रहेको उनले बताए । नेपाल टेलिकम एपबाट अन्य विभिन्न सेवाका साथै एफटीटीएचको बारेमा पनि विभिन्न जानकारी लिन सकिन्छ । यसका लागि ग्राहकले प्रयोग गरिरहेको सीपीयूको सिरियल नम्बर राखेर रजिस्टर गर्न सकिन्छ । यस पश्चात कस्टमर नम्बर राखेर विभिन्न सुविधा उपयोग गर्न सकिन्छ ।

    घरमा एफटीटीएच चलेको वा नचलेको वा सिग्नलको अवस्था मोबाइलमा भएको एपबाटै हेर्न सकिन्छ । त्यसैगरी सीपीईलाई एपबाटै रिस्टार्ट गर्न पनि सकिन्छ । आफूले चलाइरहेको प्याकेज र यसको स्पिड तथा चलाउन बाँकी प्याकेजको अवस्थाका बारेमा पनि यसबाटै जानकारी लिन सकिन्छ । इन्टरनेटको डाउनलोड र अपलोड स्पिड पनि थाहा हुन्छ । यसमा भएको सेटिङ प्रयोग गरी वाइफाईको नाम र पासवर्ड परिवर्तन पनि एपबाटै गर्न सकिन्छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend