कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक

images
  • 286
    SHARES
  • फाल्गुण ६, २०८० आइतबार
    कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक
    images

    ६ फागुन, काठमाडौं 

    २०८१ सालमा हुने कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक भएको छ ।

    राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले कक्षा १२ को साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुरानो पाठ्यक्रम एवं ग्रेड वृद्धिको परीक्षा तालिका सार्वजनिक गरेको हो ।

    परीक्षा २०८१ वैशाख १४ गतेदेखि सुरु हुने छ र वैशाख २६ गते समाप्त हुनेछ ।

    पहिलो दिन अनिवार्य अंग्रेजी विषयको नयाँ र पुरानो कोर्स तथा ग्रेड वृद्धिको परीक्षा हुने छ ।

    सोही दिन नयाँ कोर्सको सँस्कृत रचना, बौद्ध शिक्षा र उर्दू व्याकरण तथा पुरानो कोर्सको अनिवार्य वैकल्पिक सँस्कृत रचनाको पनि परीक्षा हुने छ ।

    हेर्नुहोस् परीक्षा तालिका –

    class-12-scaled.jpg

    class-12-thap-scaled.jpg

     

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend