सरकारले आफ्ना मान्छे जोगाउनका लागि मात्र भ्रष्टाचारका फाइल खोल्ने रहेछः रवि लामिछाने

images
  • 214
    SHARES
  • फाल्गुण ६, २०८० आइतबार
    सरकारले आफ्ना मान्छे जोगाउनका लागि मात्र भ्रष्टाचारका फाइल खोल्ने रहेछः रवि लामिछाने
    images

    काठमाडौं, फागुन ६-

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना वरिपरिका मान्छेलाई जोगाउने र निर्दोषलाई फसाउने खेलमा सरकार संलग्न रहेको भन्दै बालकुमारी घटनामा दोषी ठहर भएका मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न चुनौती दिएका छन् ।

     
    प्रतिनिधिसभाको आइतबारको बैठकमा लामिछानेले भ्रष्टाचारका फाइल खोल्ने भनेको सरकारले आफ्ना र गठबन्धनका मान्छे जोगाउनका लागि मात्र रहेछ भन्ने पुष्टि भइसकेको भन्दै अब फाइल रास्वपाका मान्छेको मात्र खोल्न माग गरे । लामिछानेले आफ्ना मान्छे चोख्याउनका लागि सरकारले फाइल खोल्छ र आफ्ना मान्छेलाई चोख्याउँछ भन्ने कुरा ललिता निवास, भुटानी शरणार्थी प्रकरणलगायतमा पुष्टि भइसकेको भन्दै निर्दोष व्यक्तिविरुद्ध भने उजुरी मागेर फसाउने गरेको बताए ।
    थापाले सरकारी आयोगले दोषी ठहर गरेका मन्त्रीलाई के गर्ने हो रु भनेर प्रधानमन्त्रीले रोष्टमबाट जवाफ दिनुपर्ने बताए ।
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend