बोलेरो दुर्घटना हुदा इच्छाकामना रैबुङ्का सागर गुरुङ्को मृत्यु

images
  • 91
    SHARES
  • फाल्गुण ६, २०८० आइतबार
    बोलेरो दुर्घटना हुदा इच्छाकामना रैबुङ्का सागर गुरुङ्को मृत्यु
    images

    आँबुखैरेनी 

    पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा गएराति भएको जीप दुर्घटनामा परि इच्छाकामना गाउँपालिका ६ रैबुङका सागर गुरुङको पुरानो मेडिकल कलेज चितवनमा उपचारका क्रममा मृत्यु भएको छ ।

    डुम्रेबाट आँबुखैरेनीतर्फ आउदै गरेको बा १६ च ४९१८ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकछेउमा पल्टिँदा जीपमा सवार उनको मृत्यु भएको हो । सोही दुर्घटनामा परि इच्छाकामनाका ५ सहित ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । गुरुङको   मृत्यु भएको हो।

    दुर्घटनामा घाइते हुनेहरुमा चितवनको इच्छाकामना–५ का २२ वर्षीय डम्बरबहादुर गुरुङ, सोही ठाउँका २४ वर्षीय कमल गुरुङ, ४६ वर्षीय रुद्रबहादुर चेपाङ, १८ वर्षीय जित गुरुङ, इच्छाकामना–६ बस्ने १९ वर्षीय रुपक गुरुङ, भरतपुर महानगरपालिका–२९ बस्ने टेष्टबहादुर गुरुङ र गोरखाको सहिद लखन गाउँपालिका–३ बस्ने ३० वर्षीय पूर्ण गुरुङ घाइते भएका छन्। घाइतेमध्ये छ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ भने पूर्ण गुरुङ उपचारपश्चात घर फर्किएको प्रहरीले जनाएको छ। जीप चालक प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend