चितवन, फागुन ६
चितवनका दूग्ध किसानहरुले कृषि मन्त्रीको राजीनामा माग्दै सडकमै दूध पोखेका छन् ।
उनले दूध विक्री तथा भुक्तानीमा देखिएको बेतिथीविरुद्ध चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रमहरु गर्दै जाने बताए । चितवनमा हाल दैनिक ३ लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आइरहेको छ । त्यसमध्ये १ लाख ५१ हजार लिटर दूध काठमाडौँलगायतका जिल्लाहरुमा विक्री हुँदै आइरहेको संघले जनाएको छ ।



