मधेस प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

images
  • 150
    SHARES
  • फाल्गुण ६, २०८० आइतबार
    मधेस प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत
    images

    काठमाडौँ ।

    मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक प्रदेश सभाबाट विश्वासको मत लिएका छन् । १०७ सदस्यीय प्रदेश सभामा ६९ जना सांसदले उनको पक्षमा मतदान गरेका हुन्। ३५ जना सांसदले भने उनको विपक्षमा मतदान गरे।

    नेकपा एमाले र जनमत पार्टीले मुख्यमन्त्री यादवको विपक्षमा मतदान गरेका हुन्। आजको प्रदेश सभा बैठकमा १०४ जना सांसद उपस्थित भएका थिए। गत माघ ९ गते जनमत पार्टी सरकारबाट बाहिरिएपछि र समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिएका हुन्।

     

    जसपाका यादव गत पुस २७ गते मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend