मन्त्री आलेले गरे पाँच महिनाको तलब दिने घोषणा ‘सर्वजीत’ फिल्म बनाउन

images
  • 88
    SHARES
  • जेठ २१, २०७९ शनिबार
    मन्त्री आलेले गरे पाँच महिनाको तलब दिने घोषणा ‘सर्वजीत’ फिल्म बनाउन
    images

    काठमाडौं 

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘सर्वजीत’ फिल्म निर्माण गर्न आफ्नो पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन्।

    oooooo.jpg

     

    शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा यस फिल्मको शुभमुहूर्त कार्यक्रममा उनले फिल्म निर्माणका लागि पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका हुन्। प्रधानमन्त्री शेरबहादुर देउवाले यस फिल्मको शुभमुहूर्त गरेका हुन्। फिल्मको निर्देशन दिनेश डिसीले गर्दैछन्।

     

    ‘सर्वजीत’ नामक चलचित्र दलित आन्दोलनका अगुवा भगत सर्वजीत विश्वकर्माको जीवनमा आधारित हुने बताइएको छ। आज जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसका अवसरमा उक्त चलचित्रको शुभमुहूर्त गरिएको हो।

    उक्त चलचित्र निर्माणका लागि एक करोड २५ लाख रुपैयाँको लागत अनुमान गरिएको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend