चितवन, फागुन ७-
चितवनबाट प्रहरीले ५ सय ४२ किलो गाँजा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान ८ बजे राप्ती-३ स्थित पूर्व-पश्चिम राजमार्गको झुरझुरेमा सडक छेउमा ना ३ ख ६१२२ नम्बरको ट्रक र ना ३ ख ७२४० नम्बरको डिब्बा ट्रकमा लुकाइएको ५ सय ४२ किलो गाँजा बरामद गरिएको हो ।



