काठमाडौँ, फागुन ८-
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धनको एकमात्र एजेण्डा एमालेको विरोध र बदनाम गर्नेमात्र रहेको टिप्पणी गरेका छन् । साथै उनले गठबन्धन पूर्णत असफल भएको दाबी समेत गरे ।
एमाले केन्द्रीय कमिटी बैठकलाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष ओलीले गत निर्वाचनपछि गठबन्धनको चरित्र बदल्न एमालेले पहल गरेपनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड इमानमा अड्न नसक्दा एमालेसँगको गठबन्धन भत्कन पुगेको बताए ।



