चितवनको खैरहनीमा घाँटीमा चक्कु रोपिएको अवस्थामा एक युवकको शव फेला

images
  • 226
    SHARES
  • फाल्गुण ८, २०८० मंगलबार
    चितवनको खैरहनीमा  घाँटीमा चक्कु रोपिएको अवस्थामा एक युवकको शव फेला
    images

    भरतपुर । चितवनको खैरहनी नगरपालिका–२ चैनपुरमा घाँटीमा चक्कु रोपिएको अवस्थामा एक युवकको शव फेला परेको छ ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार स्थानीय २४ वर्षीय कृष्णप्रसाद खनालको शव फेला परेको हो ।

    आज बिहान करिब ७ बजे बन्दै गरेको हर्बल कम्पनीको पर्खाल नजिकै शब फेला परेको प्रहरीले बताएको छ ।

    जिल्ला प्रहरी चितवनको टोली घटनाको अनुसन्धानमा जुटिरहेको छ ।

    घटनास्थलमा फोरेन्सिक जाँच गर्ने चिकित्सकसहित प्रहरीको टोली पुगेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend