सुनको आयात उनन्साठी प्रतिशतले घट्यो

images
  • 122
    SHARES
  • फाल्गुण ९, २०८० बुधबार
    सुनको आयात उनन्साठी प्रतिशतले घट्यो
    images

    काठमाडौ ।

    स्थानीय  बजारमा  सुनको  माग  घट्दा  आयातमा उल्लेख्य गिरावट आएको छ ।

    भन्सार  विभागको  तथ्याङ्क  अनुसार  चालुु आर्थिक वर्षको छ महिना (साउन–पुस) मा सुनको आयातमा ५९.३ प्रतिशतले कमी आएको छ  ।  सुनको  मूल्य  बढेसँगै  आन्तरिक  बजारमा  खपत  न्यूून  हुुँदा  आयातमा  कमी  आएको  हो  । 

     

    उपभोक्ताको क्रयशक्ति न्यून हुँदा बजारमा माग पनि कम भएपछि त्यसको असर आयातमा पर्न गएको हो ।

    विभागका अनुसार आव २०७९-८० मा ४३ अर्ब ८९ करोड ९८ लाख ९१ हजार रुपियाँको आयात भएको थियो । चालुु आवको छ महिनामा भने सुनको आयात आधाभन्दा बढीले घटेको छ । गोरखापत्रमा खबर छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend