आँपको रूखबाट खसेकी १२ बर्षकी कुसुम गुरुङलाई उपचारको लागी आर्थिक समस्या

images
  • 514
    SHARES
  • जेठ २१, २०७९ शनिबार
    आँपको रूखबाट खसेकी १२ बर्षकी कुसुम गुरुङलाई उपचारको लागी आर्थिक समस्या
    images
    देवघाट तनहुँ:जेष्ठ२१ गते
    तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ रातामाटे सुन्दर नमुना बस्तीका १२ वर्षिय कुसुम गुरूङ आँपको रुख बाट खसेर गम्भीर घाइते भएकी छिन् ।
    cc.jpg
     
    यहीँ मिति २०७९ साल जेष्ठ १५ गते आइतबार स्कुलबाट छुट्टि भएर घर आएपछि आँपको बोटमा चढ्ने क्रममा कुसुम गुरुङ ३० फिट माथि बाट तल खस्दा घाइते भएकी हुन् । उनको दुबै हात भाच्चिनुका साथै एउटा मृगौलामा रगत समेत जमेको कुसुमकी फुपु अन्जु गुरूङले बताउनुभयो।
     
     
    बुबा बिपिन गुरुङ र आमा दिक्ष गुरुङको दुई सन्तान मध्य ठुली छोरी कुसुम गुरुङ हुन भने छोरा ९ बर्षका आयुश गुरुङ छन् । सामान्य परिवारमा सुखदुःख गर्दै दैनिक मजदुर गरेर गुजारा चलाउदै आएका बुबा बिपिन र आमा दिक्षा माथी अहिले ठुलो बज्रापाठ परेको छ।
    hhh.jpg
     
     
    देवघाट ५ क्यूदी स्थित कालिका मावी कक्षा ५ अध्यनरत कुसुम जेहेन्दार अनुशासित विद्यार्थी समेत रहेको बताईको छ।स्कुल बाट घर आईपुगे लगत्तै झोला संगै पढ्ने बुक कोठामा राखी आँपको रुखमा चढेको कुसुम गुरुङ अचानक रुख बाट भुइमा खस्दा सो घटना भएको बुबा बिपिन गुरुङ बताउँछ। उहाँ यसो भन्नु हुन्छ अबस्थामा कम्जोर छ थप उपचारको लागी कुसुमलाई काठमाडौ लैजान डाक्टरले सल्लाह दिई रहेको छ तर उपचार गराउन मन छ मन भएर मात्रै कहाँ भयो र बुबा बिपिन गुरुङका रसाई रहेका आँखाले पनि प्रष्ट तेहि भाव देखाई रहेको थियो।साथै छोरी कुसुम गुरुङको थप उपचारको लागी देश तथा बिदेश रहनुहुने सहयोगी संघ,संस्था र दाजुभाइ तथा दिदिबहिनीहरु माझ सहयोगको अपिल समेत गर्नुभएको छ।
     
     
    तेस्तै देश तथा बिदेशमा रहनुहुने सहयोगी संघ,संस्था र दाजुभाइ तथा दिदिबहिनीहरुले देवघाट शाखामा रहेको सिद्धार्थ बैक खाता नं. ००८१५१२८३४७ मा आफुले सकेको सहयोग गर्न पनि सक्नु हुने बताउदै,परिवारका सदस्य एवं फुपु अन्जु गुरुङको मोबाईल नम्बर ९८४०६३८५२० सम्पर्क गरि थप जानकारी समेत लिन सकिने बताउनुभयो।
     
     
     
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend