ढुङ्गाले लागेर एक जनाको ज्यान गयाे

images
  • 167
    SHARES
  • फाल्गुण ११, २०८० शुक्रबार
    ढुङ्गाले लागेर एक जनाको ज्यान गयाे
    images

    ताप्लेजुङ –

    ढुङ्गाले लागेर ताप्लेजुङमा आज दिउँसाे एक जनाको ज्यान गएको छ ।

    सिरिजङ्गा गाउँपालिका–२ आम्बेगुदिनमा गोरेटो बाटो बनाउने क्रममा माथिबाट झरेको ढुङ्गाले लागेर आम्बेगुदिनकै ५६ वर्षका कर्णबहादुर कुँवरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन लिम्बुले जानकारी दिनुभयो । ढुङ्गाले लागेर कर्णबहादुरको घटनास्थलमै ज्यान गएको उहाँले बताउनुभयो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend