१ लाख १७ हजार २४० रुपैयाँ नगद सहित करीब ५० हजार बराबरको खाद्यान्न र जिन्सी सामग्री अग्नी पीडितलाई हस्तान्तरण

images
  • 256
    SHARES
  • फाल्गुण ११, २०८० शुक्रबार
    १ लाख १७ हजार २४० रुपैयाँ नगद सहित करीब ५० हजार बराबरको खाद्यान्न र जिन्सी सामग्री अग्नी पीडितलाई हस्तान्तरण
    images
    तनहुँ,
    देवघाट गाउँपालिका वडा नम्बर २ दुवारगौंडामा गत माघ महिनाको २२ गते भएको आगलागी घटनाका पीडितलाई बुधबार कछार सेवा सरोकार समाजद्वारा एक कार्यक्रमको आयोजना गरी १ लाख १७ हजार २४० रुपैयाँ नगद सहित करीब ५० हजार बराबरको खाद्यान्न र जिन्सी सामग्रीसहित देवघाट गाउँपालिकाका पुर्व अध्यक्ष दुर्ग बहादुर थापाको प्रमुख अतिथिमा अग्नी पीडितलाई हस्तान्तरण गरिएको छ।429541387_381093611223926_1632852090812833458_n.jpg
     
    राहत संकलन अभियानका संयोजक खड्का पामीआले मगरको अनुसार "सेवा नै धर्म हो"एक दिनको खाजा घटाऔं,विपतमा परेका दिन दु:खीलाई सहयोग गरौं भन्ने मुलनारा सहित देश विदेशबाट सहयोग जुटाएको बताए।428682105_381093424557278_8285805149337524860_n.jpg
     
    सो राहत संकलन अभियानमा देवघाट गाउँपालिकाका पुर्व अध्यक्ष दुर्ग बहादुर थापा, सरोकार समाजका संयोजक खडक बहादुर पामीआले, घण्टाचुली विकास संस्थाका अध्यक्ष हिरा बहादुर थापा र समाजसेवी व्यक्तित्व अर्जुन बाचे रहेका थिए ।428692285_381093501223937_3791492077779802490_n.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend