देवघाटमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत डल तथा कुशन निर्माण तालिम सुरू

images
  • 320
    SHARES
  • जेठ २१, २०७९ शनिबार
    देवघाटमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत डल तथा कुशन निर्माण तालिम सुरू
    images
    देवघाट तनहुँ:जेष्ठ २१
    तनहुँको देवघाटमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम नयाँ उद्यमी सिर्जना तालीम डल तथा कुशन निर्माण तालिम देवघाट ५ देवपुरमा सुरू भएको छ ।
    j.jpg
     
    देवघाट गाउँपालिकाको आयोजनामा आजबाट सो तालिम सुरू गरिएको हो । तालिममा देवघाट निवासी प्रशिक्षक सरिता मगरले डल तथा कुशन बनाउन तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई सिकाएको थियोे ।
    f.jpg
     
    तालिममा वडा समितिले अति गरिबी बस्ती छनौट गरी त्यहाँको अवस्था पहिचान गरेर सहभागी छनौट गरेर अन्त्य ८ दिन उद्यमशिलता तालिम लिएका व्यक्तिहरूलाई समावेस गराएको देवघाट गाउँपालिकाका कार्यक्रम शाखा अधिकृत कृष्णराज पन्तले बतानुभयो । पन्तले उद्यमशिलता तालिम लिएका २० जना मध्ये १२ जनाले डल तथा कुशन बनाउन र ८ जनाले सिलाईकटाई तालिम लिएको जानकारी समेत गरानुभयो ।
    o.jpg
     
     
    e.jpg
     

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend