चक्रवर्ती सामुदायिक बन उपभोक्ता समूहद्वारा बृक्षारोपण

images
  • 97
    SHARES
  • जेठ २२, २०७९ आइतबार
    चक्रवर्ती सामुदायिक बन उपभोक्ता समूहद्वारा बृक्षारोपण
    images
    देवघाट तनहुँ:बिकास पाण्डे
    आज विश्व वातावरण दिबश को अबसरमा तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ स्थिति चक्रवर्ती सामुदायिक बन उपभोक्त समुहको आसपासमा चक्रवर्ती सामुदायिक बन उपभोक्ता समूहको आयोजनामा बृक्षारोपण गरिएको छ।
     
    oooo.jpg
    सो बृक्षारोपण कार्यक्रममा चक्रवर्ती सामुदायिक बन उपभोक्ता समुहको वन क्षेत्र आसपास तथा नेछेन थार्वालिङ्ग बौद्ध गुम्बाको वरिपरि गरि ५० बिरुवा कपुर,तेजपत्ता लगाएतका बिरुवा बृक्षारोपण गरिएको चक्रवर्ती सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष डिल बहादुर गुरुङले जानकारी दिनुभयो।
    www.jpg
     
     
    कार्यक्रममा समितिका अध्यक्ष डिल बहादुर गुरुङ, सब डिभिजन बन कार्यलय देबघाटका अधिकृत नबराज घिमिरे,निवर्तमान ५ वडा अध्यक्ष याल बहादुर गुरुङ , अनुगमन तथा सल्लाहकार समितीका संयोजक तोय नारायण खराल,सदस्य टेकराज सापकोटा र सन बहादुर परियार(राजु),देबघाट युवा तथा खेलकुद समुहका अध्यक्ष सुकु गुरुङ,चक्रवर्ती सामुदायिक बन उपभोक्ता समितिका उपाध्यक्ष आशा गुरुङ कोषाध्यक्ष प्रेम बहादुर थापा, कार्यालय सचीव बिकास पाण्डे,चक्रवर्ती सामुदायिक बन उपभोक्ता समुहका सदस्य खेम बहादुर राना,रामहरि पुडासैनी,बुद्ध थापामगर,बन संरक्षक धर्मराज गुरुङ लगाएतको उपस्थिति रहेको थियो।
    nnnn.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend