१४ फागुन, काठमाडौं
नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले राष्ट्रियसभाको अध्यक्ष आफ्नै पार्टीले पाउने बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले माओवादी राष्ट्रियसभामा ठूलो दल भएकाले अध्यक्षमा आफूहरुले दाबी गर्ने बताए ।
नेता शर्माले कांग्रेस महासमितिले आगामी निर्वाचनमा गठबन्धन नगर्ने भनी गरेको निर्णयबारे स्थायी कमिटी बैठकमा छलफल हुने बताए ।



