नारायणी पुल मुनि एक जनाको शव फेला

images
  • 264
    SHARES
  • फाल्गुण १४, २०८० सोमबार
    नारायणी पुल मुनि एक जनाको शव फेला
    images

    चितवन, फागुन १४-

    भरतपुर महानगरपालिका–१ पुलचोकको नारायणी नदी पुल मुनि एक जनाको शव फेला परेको छ । चितवन प्रहरीका अनुसार नाम, थर नखुलेको अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको हो ।

    नदीले लाश बगाउँदै ल्याएको छ भन्ने सूचनाको आधारमा विपत्सहितको प्रहरी टोली खटिएर शव नदी बाहिर निकालेको चितवन प्रहरीले जनाएको छ । शव अन्दाजी १५ दिन पहिलेको जस्तो देखिने प्रहरीले जानकारी दिएको छ ।

     

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend