चितवन,फागुन १४
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल अवार्ड ग्रहण गर्न लण्डन जाने भएकी छन् । आज बसेको संघीय मन्त्रिपरिषद् बैठकले मेयर दाहालको भ्रमण प्रस्ताव स्वीकृत गरेको छ । बेलायत सरकारले प्रदान गर्ने ‘इन्टरनेशनल मेयर अवार्ड’ ग्रहण गर्न उनी जान लागेकी हुन् । बेलायती तल्लो सदन ‘हाउस अफ कमन्स’ मा मार्च ७ मा आयोजना हुने अवार्ड समारोहमा मेयर दाहाल सहभागी हुने कार्यक्रम छ । सचिवालयका अनुसार मेयर दाहाल मार्च ४ तारिख बेलुका लन्डन पुग्ने र मार्च १२ मा नेपाल फर्किने छिन् ।



