एमाले मिसन ८४ छ : अध्यक्ष ओलीले भने

images
  • 149
    SHARES
  • फाल्गुण १६, २०८० बुधबार
    एमाले मिसन ८४ छ : अध्यक्ष ओलीले भने
    images

    विराटनगर, फागुन १६-

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार फेर्ने बदल्ने खेलमा एमाले नरहेको बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसङ कुरा गर्दै अध्यक्ष ओलीले सरकार फेर्ने बदल्ने खेलमा एमाले नरहेको बताएका हुन् ।

    उनले  एमाले मिसन ८४ मा लागेको भन्दै सरकारको विषय प्राथमिकतामा नरहेको बताए । उनले अहिलेको गठबन्धन खरानीको डल्लो भएको बताए । उनले भने ‘खरानीको डल्लो सुक्यो भने पनि फुट्छ । भिज्यो भने पनि फुट्छ । यसको कुनै अर्थ छैन ।’
    उनले कांग्रेस महासमिति बैठकबाट संविधान संशोधनको ब्याक फायर गरेको बताए । संविधान के का लागि ? किन र के संशोधन गर्ने स्पष्ट हुनुपर्ने अध्यक्ष ओलीले बताए ।
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend