९वाफ० महिला च्याम्पियनसिको फाइनल खेल साम्बाले नखेल्ने

images
  • 183
    SHARES
  • फाल्गुण १६, २०८० बुधबार
    ९वाफ० महिला च्याम्पियनसिको फाइनल खेल साम्बाले  नखेल्ने
    images

    काठमाडौँ, फागुन १६-  

    नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी (साम्बा)ले साउदी अरेबियामा हुने वेष्ट एसियन फुटबल महासङ्घ ९वाफ० महिला च्याम्पियनसिको फाइनल खेल गुमाउने भएकी छन् ।  

    अखिल नेपाल फुटबल सङ्घ (एन्फा) द्वारा आज जारी विज्ञप्तिमा साम्बाले जोर्डन विरुद्धको फाइनल खेल नखेल्ने जनाइएको हो । गएराति सम्पन्न सेमिफाइनल खेलमा नेपालले लेवनानलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको थियो । साम्बा फ्रान्सेली क्लब एन अभान्ट ग्वेंगाम्पमा अनुबन्धित छिन् । उक्त क्लबसँगको सम्झौताअनुसार साम्बालाई फिफा विन्डोको खेल खेल्न मात्र अनुमति रहेको छ ।

    जसअनुसार साम्बाले फाइन खेल खेल्न नपाउने भएकी हुन् । यसअघि समूह चरण र सेमिफाइलका खेल भने फिफा विन्डोमा भएका कारण उनले खेलेकी हुन् । फाइनल भने फिफा विन्डो बाहिरको खेल हो । वाफ च्याम्पियनसिपमा साम्बाले खेलेका सबै ४ खेलमा नै गोल गरेकी थिइन् ।

    उक्त चार खेलमा उनको गोल सङ्ख्या नौ रहेको छ । साम्बा फ्रेन्च लिग खेल्ने साउदी अरेबियाबाट फ्रान्स जाने एन्फाले जनाएको छ । उक्त प्रतियोगिताको फाइनल खेल भोलि हुनेछ । रासस

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend