फिलिपिन्समा आगलागीमा परी चार जनाको मृत्यु

images
  • 144
    SHARES
  • फाल्गुण १६, २०८० बुधबार
    फिलिपिन्समा आगलागीमा परी चार जनाको मृत्यु
    images

    मनिला, फागुन १६-

    मध्य फिलिपिन्सको सेबु शहरमा एक दर्जनभन्दा बढी घरहरू जल्नेगरी भएको आगलागीमा एकै परिवारका चार जनाको स्थानीय अग्निनियन्त्रकले बुधबार बताएका छन् । स्थानीय समय अनुसार राति २ः०० बजतिर आगलागी हुँदा उनीहरू गहिरो निन्द्रामा रहेको नगरीय दमकल कार्यालयका वेन्डेल भिलानुएभाले बताउनुभएको छ ।

    आगलागीबाट बाँचेकी उनीहरूकी छोरीले सुरक्षाकर्मीसँगको कुराकानीमा दिएको जानकारी अनुसार आगलागीमा आमाबाबु र दुई भाइहरूको मृत्यु भएको बताउनुभयो । उहाँले भन्नुभयो, “बुबा, आमा र दुई भाईहरू घरको तेस्रो तलामा सुतिरहेको तथा अन्य सदस्यहरु तल्लो तलामा सुतिरहेको अवस्थामा आगलागी भएको र माथिल्लो तलामा रहेका चार जनाको मृत्यु भएको छ ।

    आगलागीमा परी परिवारका अन्य आठ जना सदस्य घाइते भएका छन् । आवासीय क्षेत्रमा द्रूत गतिमा फैलिएको आगो निभाउन अग्नि नियन्त्रकलाई तीन घण्टा लागेको थियो भने आगलागीका कारण नजिकका ३० परिवार प्रभावित भएको जनाइएको छ । राससरसिन्ह्वा
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend