पवन खतिवडालाई कुटपिट गरेको आरोपमा शर्मिला वाईवा पक्राउ

images
  • 230
    SHARES
  • फाल्गुण १६, २०८० बुधबार
    पवन खतिवडालाई कुटपिट गरेको आरोपमा शर्मिला वाईवा पक्राउ
    images

    काठमाडौं, फागुन १६-

    आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा कुटपिट तथा अङ्गभङ्ग मुद्दामा पक्राउ परेकी छिन्। सिन्धुपाल्चोक प्रहरीले बुधवार उनलाई बाह्रबिसेबाट पक्राउ गरेको हो।

    वाइबा सिन्धुपाल्चोक पुगेको जानकारी पाएपछि काठमाडौं प्रहरीले त्यहाँको प्रहरीसँग समन्वय गरेर उनलाई नियन्त्रणमा लिएको हो।

    केही दिन अघि शर्मिला वाइबा, कलाकार पवन खतिवडा ‘म्याकुरी’की पत्नी सुम्निमा खालिङ र बहिनी गंगा पवन बसेको घरभित्र गएर उनीमाथि हातपात गरेका थिए । अनुहारमा चोटैचोट लिएर पवनले पत्रकार सम्मेलन गरेका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend