फागुन १७
श्रीकृष्ण प्रणामी धर्मका आद्यधर्मपीठ श्री ५ नवरतपुरी धाम जामनगर गुजरातका वर्तमान पिठाधिस अनन्त विभूषित जगतगुुरू १०८ कृष्णमणि महाराज द्वारा देवघाटलाई धार्मिक पर्यटकिय रुपमा विकास गर्नका लागि निर्माण गरिएको कृष्ण प्रणामी मन्दिर, कृष्ण कृपा धाम,बाईजुराज महिला सामुदायिक भवन एवं साप्ताहिक कार्यक्रमको उद्घाटन भएको छ ।
साथै श्री कृष्ण प्रणामी धर्मजगनी ज्ञान महायज्ञ आज देखि शुरु भएको छ। श्रीमत् तारतम सागरको १०८ पारायण तथा श्रीमद्भागवत महापुराण हुनेछ । आज देखि सञ्चालन भएको उक्त महायज्ञ फाल्गुन २३ गते समापन हुने छ ।




