चितवन, फागुन १८-
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुर भ्रमण वर्ष पर्यटन क्षेत्रमा ऐतिहासिक कदम हुने बताएका छन् ।
प्रधानमन्त्रीले भ्रमण वर्षको उद्घाटनबाट देशमा नयाँ र सकारात्मक सन्देश गएको विचार राखे । उनले भने, उद्घाटन शत्रको कार्यक्रमबाट देशका मुख्य दलहरु एक ठाउँमा उभिने संस्कारको विकास भएको छ । २२ वटा पर्यटकीय गन्तव्य पहिचान गर्नु र सौराहादेखि माडीको सोमेश्वरदेखि, बागमती प्रदेशको होचो भूभागको ५० बढी गन्तव्यको प्रवद्र्धन गर्नेछ । सिंगो देशलाई केही गर्न सकिँदैन भन्ने नकारात्मक भाष्यलाई इच्छाशक्ति भयो भने केही गर्न सकिन्छ भन्ने भ्रमण वर्षले सन्देश दिएको छ । ’ उनले आफूले सुशासनको क्षेत्रमा र सामाजिक न्यायको क्षेत्रहरुमा जनताले महसुस गर्ने गरी काम गरेको दाबी गरे ।’



