नवलपुर । नवलपुरमा मानसिक अपाङ्गता भएकी १९ वर्षीया किशोरीलाई बलात्कार गर्ने ६२ वर्षीय पुरुष पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार विनयी त्रिवेणी १ निवासी ६२ वर्षीय पुरुष सुकबहादुर विक जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका हुन् ।
उनले घर कोही नभएको बेला किशोरीलाई बलात्कार गरेको जानकारी प्राप्त हुने साथ प्रहरीले विकलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको र पीडित किशोरीलाई आमाको जिम्मा लगाइएको जनाएको छ ।