सुनको मूल्य बढ्यो

images
  • 96
    SHARES
  • फाल्गुण २०, २०८० आइतबार
    सुनको मूल्य बढ्यो
    images

    काठमाडौं ।

    आइतबार एकै दिन सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन तोलाको १ लाख १९ हजार रुपैयाँ रहेको सुन आइतबार १ लाख २१ हजार पुगेको हो ।

    अन्तर्राष्ट्रिय बजारको कारोबारमा शुक्रबार मूल्य उच्च दरमा बढ्दा आइतबार नेपाली बजारमा प्रभाव परेको महासंघले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend