२१ फागुन, काठमाडौं
नेपाली महिला टिमकी मिडफिल्डर प्रिती राईको घुँडाको शल्यक्रिया गर्नुपर्ने भएको छ । प्रितीको ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा आज सोमबार शल्यक्रिया गर्न लागिएको छ । वाफ च्याम्पियनसिप अन्तर्गत फाइनलमा घुँडामा चोट बोकेकी उनको मिनिस्कस टियर भएको महिला टिमकी फिजियो नविना श्रेष्ठले जानकारी दिइन् ।
‘प्रितीको ल्याट्रल मिनिस्कस टियर भएको हो । लिगामेन्ट होइन । मिनिस्कस इन्जुरी ३ महिनामा ठिक हुन्छ’, उनले भनिन् ।



