पदाधिकारी बैठकमा सहभागी हुन नेपाली कांग्रेसका दुई मन्त्री बूढानीलकण्ठ पुगे

images
  • 153
    SHARES
  • फाल्गुण २१, २०८० सोमबार
    पदाधिकारी बैठकमा सहभागी हुन नेपाली कांग्रेसका दुई मन्त्री  बूढानीलकण्ठ पुगे
    images

    काठमाडौँ, फागुन २१-

    पदाधिकारी बैठकमा सहभागी हुन नेपाली कांग्रेसका दुई मन्त्री निजी गाडीमा बूढानीलकण्ठ पुगेका छन् ।

    सभापति शेरबहादुर देउवाले बोलाएको बैठकमा सहभागी हुन उपसभापति एवम् रक्षामन्त्री उपसभापति पूर्णबहादुर खड्का र अर्थमन्त्री डा. प्रकाशशरण महत निजी गाडीमा देउवा निवास (बूढानीलकण्ठ) पुगेका हुन् ।
    अर्का उपसभापति एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ भने मन्त्रीको गाडीमा बैठकमा पुगेका थिए । कांग्रेससँगको गठबन्धन तोडिएपछि सभापति देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बिहान १० बजेका लागि बोलाएका थिए ।

     

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend