कारवाही प्रक्रिया अगाडि बढायो एमालेले घनश्याम भूसाललाई

images
  • 127
    SHARES
  • जेठ २२, २०७९ आइतबार
    कारवाही प्रक्रिया अगाडि बढायो एमालेले घनश्याम भूसाललाई
    images

    काठमाडौं 

    पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अभिव्यक्ति दिएको भन्दै नेकपा एमालेले स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई कारवाही प्रक्रिया अगाडि बढाएको छ । अनुशासन आयोगले सचिवालय बैठक राखेर भूसाललाई आवश्यक कारवाहीका निम्ति पार्टीमा सिफारिस गरेको हो ।

    Ghana-Shyam-Bhusal.jpg

     

    पार्टी नेतृत्वविरुद्ध अभिव्यक्ति दिएकाले विधान बमोजिम कारवाही गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको आयोगका अध्यक्ष केशव बडालले बताए । ‘हामी त कारवाही गर्ने निकाय होइनौं । आवश्यक अनुसन्धान गरेर सिफारिस गर्ने हो, त्यो गरेका छौं’, बडालले भने। स्थानीय चुनावको नतिजाबारे भूसालले अन्तर्वार्ता दिएका थिए ।

    अन्तर्वार्तामा भूसालले स्थानीय चुनावमा जनताले एमालेको इतिहास र कार्यकर्ताको योगदानको कदर गरेपनि अध्यक्ष ओलीको कार्यशैलीकै कारण पराजित हुनुपरेको बताएका थिए । गत मंसिरमा चितवनमा सम्पन्न १०औं महाधिवेशनको प्रक्रियादेखि जिल्ला अधिवेशनहरुमा देखिएको शैली समग्रतामा असफल भएको प्रमाण चुनावबाट पुष्टि भएको भूसालको निचोड थियो । अहिलेकै शैली नछोडे एमाले थप संकटतिर धकेलिने पनि भूसालको निष्कर्ष थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend