प्रधानमन्त्री ‘प्रचण्ड’ नेपाललाई भेट्न उनको निवास पुगे

images
  • 247
    SHARES
  • फाल्गुण २१, २०८० सोमबार
    प्रधानमन्त्री ‘प्रचण्ड’ नेपाललाई भेट्न उनको निवास पुगे
    images

    काठमाडौँ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न उनको निवास कोटेश्वर गएका छन् । बालुवाटारमा नवगठबन्धनको बैठक चलिरहँदा उनी बालुवाटारबाट एक्लै निस्केका हुन् ।

    मन्त्रीहरूको शपथग्रहणपछि बालुवाटारमा गठबन्धनको बैठक बसिरहेको छ । बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादव आइपुगेका छैनन् । अन्य नेताहरू बैठकमै छन् । ‘प्रचण्ड’ भने निस्केका हुन् ।

    उनी माधव नेपाललाई गठबन्धनमा तान्ने हेतु फकाउन गएको अनुमान छ । अहिले नेपालसँग उनको छलफल भइरहेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend