नेपाल घरेलु मैदानमा टी–२० सिरिजको उपाधि जित्न असफल

images
  • 203
    SHARES
  • फाल्गुण २२, २०८० मंगलबार
    नेपाल घरेलु मैदानमा टी–२० सिरिजको उपाधि जित्न असफल
    images

    २२ फागुन,

    – त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाकाे फाइनलमा नेपाल नेदरल्यान्ड्ससँग ४ विकेटले पराजित भएकाे छ ।

    नेपालले दिएकाे १ सय ८५ रनकाे लक्ष्य नेदरल्यान्ड्सले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर भेटायाे । नेदरल्यान्ड्सका माइकल लेभिटले ५४, साइब्रान्ड एन्गेलब्रेच्टले ५८ रन बनाए । नेपालका कुशल मल्लले ४ विकेट लिए । 

    यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८४ रन बनायाे । नेपालका आसिफ शेखले ४७, गुल्सन झाले ३४, कुशल मल्लले २६, कप्तान राेहित पाैडेलले २५, कुशल भुर्तेलले २० रन बनाए । नेदरल्यान्ड्सका फ्रेड क्लासेन, टिम भान डेर गुग्टेन, माइकल लेभिट र साइब्रान्ड एन्गेलब्रेच्टले समान २ विकेट लिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend