चितवन, फागुन २२-
चितवनमा स्कुल बसले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
आज बिहान राप्ती नगरपालिका –५ खहरेपुल नजिकै पुर्बपश्चिम राजमार्गमा भरतपुरको अंकुरम एकेडेमीको बसले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको हो ।
बा.प्र.०३–००१ क ०८९२ नम्बरको बसले सोही दिशा तर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा साइकलयात्री श्रेष्ठको टाउको र अनुहारमा चोट लागेर गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुल बस चालक नुवाकोट तारकेश्वर गाउँपालिकाका–४ बस्ने वर्ष २५ को ईश्वर श्रेष्ठ र साइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



