भरतपुर भ्रमण वर्ष सफल पार्न नारायणी किनारमा जनजाति तथा व्यापारिक महोत्सव

images
  • 137
    SHARES
  • फाल्गुण २३, २०८० बुधबार
    भरतपुर भ्रमण वर्ष सफल पार्न नारायणी किनारमा जनजाति तथा व्यापारिक महोत्सव
    images

     भरतपुर ।

    आदिवासी जनजातिको पहिचानलाई विश्वव्यापी बनाउने लक्ष्यका साथ चितवनका आदिवासी जनजाति पुनः एकपटक जुर्मुराएका छन् । नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद्ले महोत्सवको माध्यमबाट आदिवासी जनजातिको भाषा, धर्म, कला, संस्कृति आदिलाई विश्वसामु पु¥याउने प्रयास थालेको हो । महासंघले चैत ९ देखि १८ गतेसम्म नारायणी नदीकिनारमा ‘प्रथम आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव–२०८०’ आयोजना गर्न लागेको हो । आदिवासी जनजाति समुदायको छुट्टै परिसरसहित करिब तीन सय प्रदर्शनी कक्ष रहने महोत्सवले भरतपुर भ्रमण वर्ष–२०२४ लाई पनि ठूलो टेवा पुग्ने आयोजकले लक्ष्य लिएको छ ।

    महोत्सव मूल आयोजक समितिका संयोजक एवम् नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनका अध्यक्ष महेन्द्र दुराका अनुसार महोत्सव अवधिभर जिल्लामा संगठित आदिवासी जनजाति समुदायको सांस्कृतिक प्रस्तुति रहने छ । त्यसबाहेक, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरु मार्फत दैनिक सांस्कृतिक कार्यक्रम गर्नुका साथै आदिवासी जनजाति समुदायको भेषभूषा प्रदर्शनी गरिने आयोजकले जनाएको छ ।

    चितवन जिल्ला पहाडमा चेपाङ, तराईमा थारुसहित दरै, कुमाल, बोटे हुँदै पहाडी भेगमा बसोवास गर्ने गुरूङ, मगर, तामाङ, थकाली, राई, लिम्बूलगायत करिब ४० जातका आदिवासी जनजाति समुदायको बसोवास रहेको साझा फूलबारी हो । २०७८ को जनगणनाअनुसार तीन लाख ३२ हजारभन्दा बढी जनसङ्ख्या आदिवासी जनजाति समुदायले ओगटेको छ । तर, महोत्सवमार्फत जातीय पहिचानसँगै समग्र चितवन जिल्लाकै आर्थिक तथा पर्यटन प्रवद्र्धन गर्नका लागि महोत्सव आयोजना गर्न लागिएको संयोजक दुराले जानकारी दिए । ‘भरतपुर महानगरपालिकाको ‘घुमौँ भरतपुर’ अभियानलाई टेवा पु¥याउनका लागि पनि महोत्सव आयोजना गर्न लागेको हो’, उनले भने, ‘किनकि भरतपुर महानगरपालिकाले भ्रमण वर्ष आयोजना गरे पनि यसबाट समग्रमा जिल्लावासी नै लाभान्वित हुनेछन् ।’ महोत्सव सम्पन्न गर्नका लागि नौरङ्गेस्थित आदिवासी जनजाति महासंघको कार्यालयमा सचिवालय स्थापना गरेर तयारी गरिरहेको आयोजकले जनाएको छ ।

    चितवनमा बसोवास गर्दै आएका आदिवासी जनजाति समुदायको जातिगत गतिविधिलाई अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्नका लागि पनि महोत्सव आयोजना गरिएको महासंघका सल्लाहकार एवम् पूर्वअध्यक्ष पदमबहादुर गुरूङले बताए । करिब दुई लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने महोत्सव सम्पन्न गर्न करिब ८० लाख रूपैयाँ खर्च र करिब एक करोड रूपैयाँको हाराहारीमा कारोबार हुने लक्ष्य लिइएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend