बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र नेता खनालबीच भेटवार्ता

images
  • 158
    SHARES
  • फाल्गुण २३, २०८० बुधबार
    बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र नेता खनालबीच भेटवार्ता
    images

    काठमाडौं, फागुन २३-

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेकपा एसका सम्मानित नेता झलनाथ खनालले भेटवार्ता गरेका छन् । कोटेश्वर निवासमा माधवकुमार नेपालसँग कांग्रेस सभापति शेरबहादुर देउवाको भेटवार्ताबीच बालुवाटारमा प्रचण्ड-झलनाथबिच भेटवार्ता गरेका हुन् ।

    भेटमा प्रचण्डले नयाँ गठबन्धनमा आएर सरकारमा सहभागी हुन आग्रह गरेको खनालले बताए । प्रचण्डको भनाइ उद्धृत गर्दै खनालले भने, ‘के(के मा सहमति गरेर जान पर्छ गरौंला । हामी मिलेर अघि बढ्नुपर्ने अवस्था छ ।’ खनालले हिजोमात्र नयाँ गठबन्धनबाट औपचारिक प्रस्ताव आए सरकारमा जान सकिने बताएका थिए ।

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend