साढेबगर सामुदायिक वन उपभोक्ता समूहको २२ औँ वार्षिक साधारणसभा

images
  • 542
    SHARES
  • फाल्गुण २३, २०८० बुधबार
    साढेबगर सामुदायिक वन उपभोक्ता समूहको २२ औँ वार्षिक साधारणसभा
    images

    देवघाट फागुन २३

    साढेबगर सामुदायिक वन उपभोक्ता समूहको २२ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा आज सामुदायिक वन सम्पूर्ण उपभोक्ताहरूको वृहत् सहभागीतामा वनको कार्यालयमा भएको हो । कार्यक्रमका प्रमुख अतिथि सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेश सचिव केशव चन्द्र न्यौपानेले   साधारणसभाको सुभारम्भ गर्दै सामुदायिक वन कसैको पनि निजि सम्पत्ति हैन त्यसलाई संरक्षण गर्ने जिम्मा सबै उपभोक्ताहरूको हुन्छ भन्दै सामुदायिक वनलाई आफ्नो मनपरि नगरि अगाडि बढाउन सम्पूर्ण वनलाई अनुरोध गर्नु भएको थियोे ।428693976_387434947256459_5752027275244465508_n.jpg

    सामुदायिक काम गर्दा कमि कमजोरि हुन्छ नहुने हैन तर समूहले राम्रो काम गरिरहदा पनि उपभोक्ताहरूले जानिजानि समूहका पदाधिकारीहरूलाई समस्या उत्पन्न हुने खालको बाधाहरू नल्याउन न्यौपानेले आग्रह गर्नु भएको थियोे । साथै न्यौपानेले देवघाटमा रहेको हरेक सामुदायिक वनलाई आइपरेको खण्डमा समस्याहरूलाई समाधान गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाउनु भएको छ ।428693426_387434993923121_7867345555491648826_n.jpg

    उक्त कार्यक्रममा समूहका सचिव सुशिका गुरूङले वनको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियोे । त्यस्तै गरि उक्त कार्यक्रम समारोहमा कार्यक्रमका विशिष्ट अतिथि देवघाट गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर-५ अध्यक्ष पुर्ण बहादुर कुँवरले साँढेबगर सामुदायिक वनले वनका कामहरू वन गोडमेल,वन छटनि जस्ता राम्रो काम गर्दै आएको बताउनु भएको छ । सामुदायिक वनको विषयमा गाउँघरमा धेरै समस्याहरू उत्पन्न हुन्छन् त्यसमा वनका अध्यक्ष लगाएत पदाधिकारी कत्तिपनि नडराइकन वन ऐेन अनुसार अगाडि बढ्न अनुरोध गर्नुभएको थियोे ।428711552_387434693923151_6584941470942836922_n.jpg

    साथै अध्यक्ष कुँवरले सामुदायिक वनका पदाधिकारी अनबिज्ञ भएर समुहका पदाधिकारीहरू बोल्न डराउने,लजाउने गर्ने गर्छ त्यसको लागि बरू समुहमा महिला दिदिबहिनीहरूको लागि बोल्न सक्ने तालिम ल्याउन आवश्यक रहेको बताउनु भयो । त्यस्तै गरि समूहमा यदि आफ्नो गल्ती छैन भने कसैसँग पनि झुक्न आवश्यक नरहेको कुँवरले बताउनुभयो ।

    428708844_387435317256422_1719180607765435076_n.jpgसामुदायिक वन उपभोक्ता महासंघ नेपाल तनहुँका सचिवालय सदस्य भोजराज नैनावस्तीले वनले वार्षिक कार्ययोजना अनुसार काम गर्दै गर्यो भने समुहमा खासै त्यस्तो समस्या नआउने बताउदैँ वार्षिक कार्ययोजना अनुसार काम गर्न अनुरोध गर्नुभएको छ । समूहका कोषाध्यक्ष मि मायाँ गुरूङले सञ्चालन गर्नुभएको सो कार्यक्रम वनका अध्यक्ष टिकिसरा गुरूङको अध्यक्षतामा सम्पन्न भएको थियोे । साथै उक्त कार्यक्रममा सामुदायिक वन उपभोक्ता समुहका सम्पूर्ण उपभोक्ताहरूको बृहत् सहभागीता रहेको थियोे ।428705839_387435290589758_9106455202810298099_n.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend